स्वर्णिम महिला समुहलाई बाद्य बादनका सामाग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका सामाजिक शाखाको आर्थिक सहयोगमा पोखरा २६ मा रहेको स्वर्णिम महिला समुहलाई परम्परागत बाद्य बादनका सामाग्री हस्तान्तरण गरिएको छ ।

स्थानिय स्तरमा धर्म र संस्कृतिका बारेमा जानकारी दिने र परम्परागत खैजेरी,मादल र मुजुराको संरक्षणमा सहयोग पुग्ने हेतुले समुहलाई उत्त सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा वोल्दै पोखरा २६ का वडा सदस्य तीर्थ वहादुर राजभाटले धार्मिक कार्यमा होस् वा अरु कुनै पनि कार्यक्रम गर्दा मनोरञ्जनका लागि संगित महत्वपुर्ण हुने बताउँदै यहाँहरुको सकारात्मक काममा वडा सरकार साथमै रहेको बताए । सोही अवसरमा पोखरा महानगरपालिका सामाजिक शाखाकी प्रमुख चन्द्रावती वाग्लेले संगित, कला र श्रष्टासँग जोडिएको सन्दर्भ उठाउँदै संस्कृति संरक्षणमा जुट्न आग्रह गरिन् ।

समुहकी अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बुद्विमोहन अधिकारी,ईश्वरराज भण्डारी, खेमराज बराल लगायतले आ आफनो भनाई राखेका थिए । समुहकी सचिव दिपा विकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बिष्णु लामिछानेले गरेकी थिईन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।