सनराईज क्लवले मनायो १८ औं स्थापना दिवस


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्वर –२६, अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्री प्रदान गरी १८औं स्थापना दिवस मनाएको छ ।

क्लवले पोखरा २७, सयलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा वाल आश्रममा खाद्यान्न, तरकारी, खाजा तथा अन्य सामग्रीहरु सहयोग गरी स्थापना दिवस मनाएको वताईएको छ । कार्यक्रममा बोल्दै वृद्ध तथा वाल आश्रमका संरक्षक कल्याणकुमार कार्कीले आश्रमको ऐतिहासिक पक्ष र वर्तमान अवस्थाका बारेमा जानकारी गराउदै क्लवद्धारा प्रदान गरिएको सहयोगको लागि हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा संस्थाका वरिष्ट सल्लाहाकार बासुदेव न्यौपाने संस्थापक सल्लाहाकार कर्णबहादुर जि.सी, सल्लाहाकार हरिप्रिया पौडेल लगायतले क्लवका हरेक क्रियाकलापहरुले समाजमा महत्वपूर्ण योगदान गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै क्लवको हरेक कार्यक्रममा पूर्ण सहयोग र आवश्यक सरसल्लाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेले क्लवको १८औं स्थापना दिवस मनाउन पाउँदा खुशी व्यक्त गर्दै क्लवले सडक बत्ती, टोल सरसफाई, जनचेतनामूलक कार्यक्रम, खेलकुद, गरीव तथा जेहन्दार छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सवैको साथ र सहयोगले क्लव यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सम्पुर्णलाई आभार तथा धन्यवाद दिएका थिए ।

क्लवका सचिव विनोद कार्कीले सञ्चालन र कोषाध्यक्ष ईश्वरीकुमारी जि.सी ले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन क्लवका निवर्तमान अध्यक्ष डुलबहादुर पुनले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।