सिग्देल बन्धु प्रतिष्ठान नेपालले प्रदेश तथा ईकाइ समितिहरु गठन गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाईएको छ ।
अभियान अन्तर्गत कास्कीको आर्बामा बसोबास गर्दै आएका सिग्देल बन्धुहरुको भेलाले प्रकाश सिग्देलको अध्यक्षतामा ११ सदस्यीय ईकाइ समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा साबित्री सिग्देल, सचिवमा राजनकुमार सिग्देल, सहसचिवमा तारानाथ सिग्देल तथा कोषाध्यक्षमा सूर्यबहादुर सिग्देल चुनिएका छन् ।
सदस्यहरुमा सिता सिग्देल क, राधा सिग्देल, बिनोदकुमार सिग्देल, रामबहादुर सिग्देल, शर्मिला सिग्देल र मोहन सिग्देल रहेका छन् । भेलाले हरिकृष्ण सिग्देल, ऋषीराम सिग्देल, रामजी सिग्देल, माधव सिग्देल, बसन्तराज सिग्देल, श्रीकान्त सिग्देल र जनक सिग्देललाई सल्लाहकार सदस्य तोकेको छ ।
सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य बलराम सिग्देलको प्रमुख तथा गण्डकी प्रदेश समितिका उपाध्यक्ष श्रीराम सिग्देलको विशेष आतिथ्यतामा भेला भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






