सन्देश श्रेष्ठ
पोखरा, चैत ३
झुक्याएर दोहोरो नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । रुकुमबाट नागरिकता लिइसकेर झूठो विवरण पेस गरि कास्कीबाट नागरिकता लिएको आरोपमा हिराधन पुन पक्राउ परेका हुन् ।
पुनले नाम, थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बुबाको नामसमेत झूठो विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०५८ साल बैशाख २० गते पुनः नागरिकता लिएको खुलेकाले उनलाई नियन्त्रणमा लिइएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिएका हुन् । उनका अनुसार रुकुम जिल्लाको साविक कोल गाविस वडा नम्बर–१ निवासी जितबहादुर पुनका छोरा हिराधन पुनले रुकुमबाट २०४७ साल फागुन २९ गते नागरिकता लिइसकेको अवस्थामा पुनः झूठो विवरण पेस गरि कास्कीबाट नागरिकता लिएको खुल्न आएकाले निजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।
पक्राउ परेका उनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान जारी राखिएको उनले जानकारी दिए । उनीमाथि दोहोरो नागरिकता लिएको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






