प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छन् ।

फागुन २१ को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्नुका साथै पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरिन् । यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको मार्गतर्फ अग्रसर होस् र सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना समेत गरेकी छन् ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।