खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
केपिलासगढी गाउँपालिका २ खार्ताम्छाको बालाबेसीमा ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । पाँच जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।स्थानीयका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परि काजीबहादुर राई घाइते भएको प्रहरीले बताएको छ । घाइतेको गोडा भाँचिएको र अवस्था सामान्य रहेको छ ।हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






