तनहुँको मध्यवर्ती क्षेत्रका जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८२ मा प्रकाशित




तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्रका प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ ।

आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक(आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्याङ्कन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अध्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए । आयोजना प्रमुख भण्डारीका अनुसार वाङटाङीटार, पल्ट्याङ र जलविरे क्षेत्रका लक्षित दुई सय ६३ घरधुरीमध्ये एक सय ८६ परिवारको सर्वेक्षण गरिएको छ । उनले भने, “हामीले प्रभावित परिवारको सामाजिक(आर्थिक अवस्थाको वस्तुनिष्ठ विवरण सङ्कलन गरिरहेका छौँ । विशेषगरी जलाशय क्षेत्रका ऐलानी जग्गा भोगकर्ताको सर्वेक्षण आगामी महिनाभित्रै सम्पन्न गर्नेगरी तयारी थालेका छौँ ।”

आयोजना प्रमुख श्यामजी भण्डारीले जग्गाधनी पुर्जा भएका ९बफर जोन०का एक सय ३१ परिवारमध्ये एक सय २५, ऐलानी जग्गा भोगकर्ता बफर जोनका ५७ मध्ये ४३, ऐलानी जग्गा भोगकर्ता जलाशय क्षेत्रका ३५ घरधुरीको सर्वेक्षण सकिएको जानकारी दिए । उनका अनुसार आयोजनाको मध्यवर्ती क्षेत्रअन्तर्गत भिमाद नगरपालिका ५ स्थित वाङटाङटारका समुदायसँग परामर्श बैठक गरिएको छ ।

छलफलका क्रममा आयोजनाकातर्फबाट बफर जोनबाट प्रभावित हुने जग्गा तथा संरचनाको क्षतिको सूची, विस्तृत जाँच सर्वेक्षण, सामाजिक प्रभाव मूल्याङ्कन र पुनस्र्थापना तथा आदिवासी जनजातिसम्बन्धी योजना अद्यावधिक गर्नका लागि सञ्चालन भइरहेको सर्वेक्षणबारे जानकारी गराइएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।