अण्डर–२० फुटसल प्रतियोगिता सम्पन्न, न्युरोड क्लब विजयी


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०८२ मा प्रकाशित




पोखरामा आयोजित फुटसल प्रतियोगिताको उपाधी न्यूरोड फुटबल क्लबले उचालेको छ ।

न्युरोड युवा क्लब र पोखरा महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा उपविजेता भने सहारा फुटबल क्लब भएको छ। विजेता टिमले नगद ३० हजार, ट्रफी र मेडल र उपविजेताले १५ हजार ट्रफी र मेडल हात पारेका छन् ।त्यसै गरी उत्कृष्ट गोल रक्षकको ट्रफी सिद्धान्त श्रेष्ठले पाउन सफल भए भने उत्कृष्ट खेलाडीको ट्रफी गौरब थापाले प्राप्त गर्न सफल भएका थिए ।युवाहरूको खेल प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको थियो । चैत २१ र २२ गते सम्पन्न उक्त प्रतियोगितामा कुल ३८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास, युवाहरूमा अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।