एमाले नेता थापालाई मातृशोक


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८२ मा प्रकाशित




नेकपा एमाले कास्कीका नेता चित्रबहादुर थापालाई मातृशोक परेको छ।

एमाले कास्कीका पुर्व सल्लाहकार थापाका ममतामयी आमा पोखरा १६, बाटुलेचौर, चण्डीका टोल निवासी पुतली थापाको ८८ बर्षको उमेरमा आइतबार राती आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय थापाको सोमबार बिहान लामाचौर,तल्लो गोस्तेस्थित तुलसी घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।उनको पार्थिव शरीरमा छोरा चित्र बहादुर थापाले दागबत्ती दिएका थिए।त्यस अघि स्वर्गीय थापाप्रति बिभिन्न राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै, उनको योगदानको स्मरण गरेका थिए।

सो क्षेत्रको सामाजिक तथा धार्मिक विकासमा महत्वपूर्ण योगदान पुर्याएकी थापाको निधनले एक असल अभिभावक गुमाएको स्थानीयले बताएका छन्। परोपकार संस्थाबाट सम्मानित समेत भएकी थापा विभिन्न धार्मिक तथा सामाजिक संस्थामा आबद्द थिइन ।स्वर्गीय थापाका दुई छोरा मध्ये रोम बहादुर थापाको यसअघि नै निधन भईसकेको छ भने एक छोरा चित्र, छोरी लक्ष्मी तथा ६ नाति नातिना र ७ पनाति पनातिनी छन्।

थापाको निधनप्रति एमाले वडा कमिटी पोखरा १६, हिमालय क्लब, भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, क्षेत्री समाज वडा इकाई समिति लगायतका संघ संस्थाले दुख व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।