चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।
पात्रो सार्वजनिक गर्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष माधव बरालले आफु पनि संघ कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधि बढ्दै गएको उल्लेख गरे । पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवद्र्धनमा सिनेमा सँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए । उनले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यसअघिका कार्यसमितिले गरेका कामहरुको निरन्तरता सँगै थप नयाँ कार्यक्रम समेत संघले गर्दै जाने भनाई उनको छ । कास्की लगायत खासगरि समग्र गण्डकी प्रदेश नै चलचित्र छायाँकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा समेत कलम चलाउन पत्रकारलाई उनको आग्रह छ । समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा स्वागत संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठी र संचालन सचिव सुरेश सुनारले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






