ऐतिहासिक थलो क्होला सोंथरलाई विश्व सम्पदा सुचीमा समावेश गर्न तमु प्ये ल्हु संघको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८३ मा प्रकाशित




तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ ।

तमु प्ये ल्हु संघ हङ्गंकङ्गको आयोजनामा गत चैत २५ देखि ३० गतेसम्म क्होला सोंथर, ताङ्गतिङ्ग र सिक्लेसको भ्रमण भएको थियो । भ्रमणका क्रममा सहभागिले तमु जातिका ऐतिहासिक तथा प्राचिन सम्पदाको अध्ययन समेत गरेको छ । अध्ययन पछि टोलीले आज पोखरामा पत्रकार सम्मेलन गर्दै भ्रमणका निष्कर्षलाई सार्वजनिक गरेको छ । तमु प्ये ल्हु संघ हङ्गंकङ्गका अध्यक्ष मनबहादुर क्रोम्छैं तमुले ऐतिहासिक थलो क्होला सोंथरमा भएका महत्वपुर्ण सामाग्री हराउँदै गएको बताउँदै त्यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

उनले त्यस क्षेत्रलाई तमु समुदायमा मात्र सिमित नराखी संसारभरमा व्यक्तिले अध्ययन, अवलोकन गर्ने गरी खुला गनुपर्नेमा जोड दिए । तमु प्ये ल्हु संघका महासचिव हर्क बहादुर गुरुङले त्यस क्षेत्रमा जुनसुकै पोष्टर, व्यानर, ध्वजा पताका र अन्य सामाग्रीको व्यवस्थित व्यवस्थापन हुन नसकेकोमा चिन्ता गरे । उनले भ्रमणमा जोलाई केन्द्रित गरी आकस्मिक उद्धारका लागि हेलिपेड बनाउन सुझाव दिए ।तमु प्ये ल्हु संघ हङ्गंकङ्गका सचिव भोजेन्द्र गुरुङले पैतृक तथा ऐतिहासिक थलोलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न सरकारको ध्यानाकर्षण गराए ।

टोलीमा सहभागि अन्य सदस्यले क्होला सोंथरमा आवश्यक भौतिक पुर्वाधार निर्माण, सांस्कृतिक पहिचान झल्कने बिभिन्न सामाग्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता औलाएका छन् । ६ दिनसम्म संचालन भएको भ्रमणमा २० जनाको टोली सहभागि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।