१० औं पोखरा स्पोर्टस अवार्डलाई सहाराको साथ


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०८३ मा प्रकाशित




सहारा क्लब पोखराले, पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिने भएको छ ।

पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा यही बैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ । शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्टसअवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १०औं संस्करणमा समेत निरन्तरता दिने बताए । नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुकोप्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहारा क्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमा पोखरेली फुटवलको इतिहासको साक्षी भएकाले पोखरा स्पोर्टस अवार्डसंग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमाआयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्डप्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्षउत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलसंघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।