कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् ।
समितिको सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार छन् । सल्लाहकारमा धुव्र गुरुङ र चक्रबहादुर गुरुङ चयन भए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकतासँगै संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले विकाससँगै फेरिँदै गएको मौलिकताबारे पर्यटकहरूमा चिन्ताको विषय बनेको बताए ।वडाध्यक्ष गुरुङले पर्यटन व्यवसायलाई थप व्यवस्थापन गर्न सबैले व्यवसाय दर्ता र बिमा गरेर सञ्चालन गर्न समेत आग्रह गरे । रोधीँ क्लब कोँड घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकमा पर्यटन प्रवद्र्धन गर्नका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिका अध्यक्ष प्रेम गुरुङले शान्ति, एकता र मेलमिलापबाट घान्द्रुकको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले त्यस अवसरमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा समितिलाई नेपाली पाहुनामार्फत सबैभन्दा बढी शुल्क बुझाउने वल्र्ड भिलेजका सञ्चालक अमृत प्रसाद गुरुङ र गाइड पोटरमार्फत सबैभन्दा बढी शुल्क बुझाउने होटेल बृज गेष्ट हाउसका सञ्चालक सुवास गुरुङलाई सम्मान गरिएको थियो । यस्तै घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड घान्द्रुकको संयुक्त आयोजनामा गत फागुन ६ देखि ९ गतेसम्म आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव १२ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । नवनिर्वाचित अध्यक्ष विक्रम गुरुङले घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाई लम्बाउन थप पर्यटकीय गन्तव्य निर्माणमा ध्यान पु¥याउने प्रतिबद्धता जनाए । उनले घान्द्रुकमा १३५ बढी होटल तथा सामुदायिक होमस्टे सञ्चालनमा रहेको बताए ।
घान्द्रुकमा एक दिनमा २५०० पर्यटक राख्न सक्ने क्षमता रहेको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिको सक्रियतामा घान्द्रुक चक्रीय पदमार्ग, बसपार्क लगायत विभिन्न स्थानमा सिसी क्यामेरा, विद्युत पोलमा लाइट, फोहोर संकलन केन्द्र, बालाचेँ पार्क निर्माणसँगै आमासमूह लगायत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ…






