सन्देश श्रेष्ठ
पोखरा, बैशाख ८
पर्यटकलाई दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन शुरु गरेको छ । पर्यटनको राजधानी पोखराको प्रमुख पर्यटकीय केन्द्र पोखरा–६ लेकसाईडमा पर्यटकलाई अनावश्यक दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन लिएको हो । जसमा चार दिनमा १९ जना महिलालाई पक्राउ गरिसकेको छ ।
स्थानियले दिएको सुराकीका आधारमा बैशाख ५ गते शनिबार पहिलो दिन पर्यटकलाई दुःख हैरानी गर्ने १६ जना महिलालाई पक्राउ गरेको प्रहरीले बैशाख ८ गते मंगलबार थप ३ जना महिलालाई पक्राउ गरेको जनाएको छ । पर्यटकलाई दुःख हैरानी गरेको जनगुनासो आएपछि एक्सनमा उत्रिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले बताए । पर्यटकलाई विभिन्न प्रलोभन देखाएर शास्ती दिने गरेकाले उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ ।
प्रहरीका अनुसार पक्राउ परेका महिलाहरुले पर्यटकलाई विभिन्न प्रलोभन देखाएर फसाउने गर्थे । कसैले लुटपाट गर्ने त कसैले अनैतिक क्रियाकलापसमेत गर्दै आएको प्रहरी श्रोत बताउँछ । कसैकसैले त अनैतिक क्रियाकलाप (यौन) सम्बन्ध पनि राख्दा रहेछन्,श्रोत भन्छ,‘कसैलेचाहिं यौन सम्बन्ध राख्ने भनेर पैसा माग्ने र पछि होटलमा छिर्ने बेला श्रीमान आयो भनेर भाग्दा रहेछन् ।’ सूचना अधिकारी पाण्डेले यौन सम्बन्धका लागि पैसा लिने र पछि भाग्ने गरेको भन्ने गुनासो आएको तर प्रमाण भने फेला नपरेको बताए । आन्तरिक तथा बाह्य दुबैखाले पर्यटकलाई दुःख दिएको पाइएको सूचना अधिकारी पाण्डेले बताए । ‘आन्तरिक तथा बाह्य दुबै पर्यटकलाई दुःख दिने गरेका रहेछन्’–उनले भने ।
पर्यटकलाई दुःख हैरानी दिने क्रम बढ्दै जान थालेपछि नियमित रुपमा अनुगमन शुरु गरिएको सूचना अधिकारी पाण्डेले बताए । खास गरेर मध्यरातदेखि विहानको समयसम्म अनुगमन गर्ने गरिएको उनले जानकारी दिए । पहिलो दिन बैशाख ५ गते मध्यरात १२ः३० बजेदेखि विहान २ बजेसम्म र दोस्रो दिन मंगलबार विहान २ः३० बजे अनुगमन गर्दा ती महिलाहरुलाई पक्राउ गरिएको उनले बताए । ‘अब यो अनुगमन नियमित हुन्छ र कडाईका साथ हुन्छ’–उनले भने ।
पक्राउ गरिएकाहरुलाई सम्झाईबुझाई छड्ने गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । पहिलो पटक पक्राउ परेका र नाबालिगको हकमा सम्झाई बुझाई छाड्ने गरेका छौं,उनले भने,‘तर त्यसरी छाड्दा फेरीफेरी नदोहोरिने शर्तमा छाड्ने गरेका छौं । बारम्बार दोहोरियो भनेचाहिं मुद्दा चलाईनेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख ८ पर्यटकलाई दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन शुरु…






