पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिईन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


“जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते…






