नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन बैशाख अन्तिम साता पोखरामा हुने भएको छ ।
अधिवेशन यही वैशाख २६ गते पोखरामा आयोजना हुने भएको हो । अधिवेशनलाई सम्पन्न गर्न गठित मुल आयोजक समितिका संयोजक एवं दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीको अध्यक्षतामा शनिबार पोखरामा सम्पन्न बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले आर्थिक संकलन उपसमिति संयोजकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, सहसंयोजकमा प्रदेश महिला समितिका अध्यक्ष मिना गिरी र सदस्यमा शुशिला गिरीलाइ चयन गरेको छ । त्यस्तै अतिथि सत्कार तथा सम्मान सयोजकमा दशनामी महिला समाज कास्कीका अध्यक्ष सपना गिरी, सदस्यहरुमा सुनिता गिरी र पारु गिरी पार्वतीलाइ चयन गरेको छ । यता मञ्च ब्यवस्थापन तथा खानाखाजा ब्यवस्थापन समितिको संयोजकमा बेबराज गिरी र सहसंयोजकमा बोधराज गिरी र युवा स्वंयमसेवक व्यवस्थापन समितिको संयोजकमा सूर्य गिरी, सहसंयोजकमा कविता गिरी र सदस्यमा सरस्वती पुरी रहेकी छन् ।
यस्तै आवास ब्यवस्थापन समििितको संयोजकमा दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीलाई चयन गरिएको छ भने सदस्य पछि थप्ने निर्णय गरेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन उपसमिति संयोजकमा अधिवक्ता गोविन्द गिरीलाई चयन गरेको छ भने प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा भुपेन्द्र गिरी र सदस्यमा कविता गिरीलाई चयन गरेको छ । बैठकले अधिवेशनको प्रचार प्रसार समितिको संयोजकमा पत्रकार एकराज गिरीलार्ई चयन गरेको छ । बैठकमा नेपाल दशनामी समाजक केन्द्रीय बरिष्ठ उपाध्यक्ष तारा गिरीेले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।बैठकमा केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य शारदा गिरी, दशनामी गण्डकी प्रदेश सचिव बेबराज गिरी, प्रदेश महिला समिति अध्यक्ष मिना गिरी, प्रदेश सचिव शुशिला गिरी,कास्की जिल्ला सचिव बोधराज गिरी, महिला जिल्ला समिति अध्यक्ष सपना गिरी, दशनामी जिल्ला महिला समिति सदस्य कविता गिरी, पारु गिरी पार्वती गिरी लगायतले महाधिवेशन सफल बनाउन आफनो तर्फबाट सहयोग गर्ने प्रद्धिबद्धता ब्यक्त गरे ।
महाविधेशन पोेखराको सृजनाचोक स्थित त्रिशक्ति पार्टी प्यालेसमा सञ्चालन गरिने महाधिवेशन मुलआयोजक समितिका संयोजक एवं दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले जानकारी दिइन । अधिवेशनमा दशनामी समुदाय अन्तर्गतका गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य तथा तिर्थ समूहका महिला दिदीबहिनीहरूको सहभागिता रहने उनले बताइन । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको उक्त अधिवेशनमा समाजका विभिन्न गतिविधि, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ ।
समाजका ६७ जिल्लामा समिति गठन भएका छन् । देशभरबाट प्रतिनिधि र परिवेक्षक गरेर करिब ३ सय जना सहभागी हुने अपेक्षा गरिएको संयोजक सरस्वती गिरीले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बागलुङ — नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा…






