बागलुङ — नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अर्जुन चोखालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुङ्गाना चयन भएका छन्। उपाध्यक्षहरूमा बालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली र गोकुल प्रसाद कँडेल तथा महिला उपाध्यक्षमा जमुना अधिकारी रहेका छन्। महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, कोषाध्यक्षमा मोतीलाल पौडेल र सह–कोषाध्यक्षमा दशरथ गैरे चयन भएका छन्।
सदस्यहरूमा प्रेम गिरी, घनश्याम न्यौपाने, टेक प्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गीता खड्का, थुमा कुमारी पौडेल अधिकारी, गगनबहादुर पुन मगर, सोनम थापा छेत्री र प्रेमप्रसाद शर्मा रहेका छन्। हाल २० सदस्य चयन भइसकेको र बाँकी सदस्य थप्दै पूर्ण ३१ सदस्यीय कार्यसमिति गठन गरिने जनाइएको छ।
नवनिर्वाचित कार्यसमितिले समावेशी र पारदर्शी ढंगले संगठन सञ्चालन गर्दै व्यवसायीहरूको हित संरक्षण र प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ
अधिवेशनको अध्यक्षता जनकराज पराजुलीले गरेका थिए भने सञ्चालन गोकुल प्रसाद कँडेलले गरेका थिए। कार्यक्रममा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ प्रमुख अतिथि र नेकपाका गण्डकी प्रदेश इञ्चार्ज श्रीनाथ बराल विशेष अतिथिका रूपमा सहभागी थिए। महासचिव खेमनारायण पराजुलीसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष पराजुलीले अध्यक्षीय प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संस्थाका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे चर्चा गरिएको थियो। अधिवेशनले निजी क्षेत्रको सशक्तीकरण, उद्योग–व्यापार प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिएको छ।
नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि श्रेष्ठले शपथ गराएका थिए। महासचिव पराजुलीले नव–निर्वाचित टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अध्यक्ष चोखालले व्यवसायीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण र प्रदेशको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बागलुङ — नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा…






