पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८३ मा प्रकाशित




पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ ।

नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले पछिल्लो समयमा ह्याण्डबलका गतिविधि बढ्नुले पनि यहाँको खेलकुद चलायमान बनाउन सहयोग पुगेको जनाउँदै दक्षिण एशियामा उत्कृष्ट नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणले महत्व राख्ने जनाए ।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिब एवं गण्डकी ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणको महत्वपूर्ण रहेको जनाउँदै लामो समय पछि हुन लागेको यो प्रशिक्षणले ह्याण्डबल खेललाई निश्पक्ष रुपमा सञ्चालनका लागि उत्तिकै प्रभावकारी रहेको जनाए । कार्यक्रमका प्रमुख प्रशिक्षक भारतिय मुख्य प्रहिक्षक अनुप सिंहले ह्याण्डबल खेललाई लोकप्रिय खेलको रुपमा स्थापित गर्न प्रशिक्षण प्रभावकारी हुने बताउँदै पाँच दिने प्रशिक्षणले नेपाली ह्याण्डबल रेफ्रिहरुलाई बहुआयमिक विषयहरुमा चर्चा गर्दै प्रशिक्षण दिने बताए ।

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रहिक्षण मित्रराष्ट्र भारतका मुख्य प्रशिक्षकद्वय अनुप सिंह र तेजविर सिंहले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उनीहरु दुबै जना एनआइएस पटियलामा महत्वपूर्ण पदमा समेत आशिन छन् । तेजविर एनआइएस पटियालाका सिनियर कार्यकारी निर्देशक हुन् भने अनुप हरियाणा स्पोर्ट्सका निर्देशक हुन् । रेफ्रि प्रशिक्षणमा सातै प्रदेश, विभागिय तथा विभिन्न जिल्लाका गरी ३० जनाको सहभागिता रहेको छ ।प्रशिक्षण बैशाख २० गते सम्पन्न हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।