१७ बैशाख, पोखरा ।
नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ । संघीयता कार्यान्वयन सगै यो कार्यालयको औचित्य माथि नै प्रश्न उठ्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको कार्यशैली प्रति यहाँका पर्यटनसंग आवद्ध संघसंस्थाले असन्तुष्टि जनाउदै आएका छन् । पोखराका विभिन्न संघ संस्थाले संघीयताको मर्म अनुसार प्रदेश सरकार मातहतको गण्डकी प्रदेश पर्यटन बोर्ड गठन हुनुपर्ने आवाज उठाउदै आएका छन् ।
पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीले पब्लिक प्राइभेट पार्टनरसिप ९पीपीपी० साझेदारीमा कार्य गर्ने गरी बोर्डको स्थापना भए पनि सो अनुसार बोर्डले काम गर्न नसकेको भन्दै बोर्डको पुनर्गठन हुनुपर्ने माग गरेको छ ।
बोर्डले उदेश्य अनुसार राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन, प्रचार सामाग्री निर्माण र नयाँ गन्तब्यको खोजी गर्ने हो तर, व्यवहारमा देखिएन बोर्ड पुनर्गठन हुनुपर्छ टान अध्यक्ष कृष्ण आचार्यले भने ।
अन्तराष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार हुन नसक्दा विदेशी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन । टान गण्डकीले पर्यटन बोर्ड संघीयताको मर्म अनुसार पुनर्गठन गर्न गण्डकी प्रदेश सरकारसंग माग गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाललाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारले पर्यटन क्षेत्रको आवश्यकतालाई बुझ्न नसकेको बताए । उनले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पनि पर्यटकको यथार्थ तथ्याङक संकलन हुन नसक्नु दुःखद भएको बताए । आचार्यले प्रदेश पर्यटन बोर्ड गठनका लागि मन्त्री रिमाललाई आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






