फेवातालमा डुबेर एक बालकको मृत्यू


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०८३ मा प्रकाशित




बैशाख १८

फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो ।

पौडी खेल्ने क्रममा पूर्वाह्न ११ः१५ बजे डुबेका उनलाई सशस्त्र प्रहरी बल २४ नम्बर गण कास्कीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ताराचन्द्र शर्मा नेतृत्वको टोलीले अचेत अवस्थामा उद्दार गरेको थियो । सशस्त्र प्रहरीले उनलाई १८ फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरेको जनाएको छ ।

उद्धार पश्चात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले १२ः१५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।