हिमाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा पोखरामा ‘हिमाल बजार’ सञ्चालन


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०८३ मा प्रकाशित




पोखरा, बैशाख १९

पोखरामा “हिमाल बजार” सञ्चालन भएको छ । पोखरा–८ बगालेटोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टको आयोनजामा सोहि कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले “हिमाल बजार” सञ्चालन गरेका हुन् । आजदेखि सञ्चालन भएको बजार भोलिसम्म सञ्चालन हुने कलेजले जनाएको छ ।

दुई दिन सञ्चालन हुने बजार हरेक दिन दिउँसो २ बजेदेखि साँझ ६ः०० बजेसम्म आयोजना हुनेछ । बजारमा स्थानीय उत्पादन, हस्तकला सामग्री तथा विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएका छन् । बजार सञ्चालन सिकाई र कमाई (लर्निङ एण्ड अर्निङ ) प्रोजेक्ट अन्तर्गत सञ्चालन भएको कलेजको भनाई छ । जसले विद्यार्थीहरूलाई व्यावहारिक सीप सिक्न र आम्दानी गर्ने अवसर प्रदान गर्ने कलेजको अपेक्षा छ । बजारमा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि त्यहाँ उपलब्ध सामानमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कलेजले जनाएको छ ।

कार्यक्रम सफल बनाउन विद्यार्थीहरूले अनुशासन, समयपालना र जिम्मेवारीपूर्ण व्यवहार अनिवार्य रूपमा अपनाउनुपर्ने कलेजका सुपरभाईजर रोहनजंग कार्कीले जानकारी दिए । उनले बजार अवलोकनका लागि पोखरेली सम्पूर्णमा आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।