भाटभटेनी सुपर मार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित




पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ ।

भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनीमा परेर पूर्णरुपमा ध्वस्त भएको स्टोर सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । धार्मिक विधिपुर्वक पुजाआजा गरे पछि सो स्टोर विधिवत् रुपमा संचालनमा आएको हो । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यसअघि कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको थियो । भदौ २४ मा भएको आगजनीका क्रममा भाटभटेनीका दर्जन बढी स्टोरमा आगजनी र लुटपाट गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।