पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८३ मा प्रकाशित




पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डकी इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । यस्तै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ ।

चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।