निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पोखराका अञ्जनकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् ।
महासंघको सोमबार र मंगलबार काठमाडौँको कमलादीमा भएको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले चार उपाध्यक्षसहित ६८ सदस्यीय कार्यकारिणी निर्वाचित गरेसँगै यस अघिका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधानत नेतृत्व सम्हाल्न लागेका हुन् । साधारणसभामा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले छुट्टाछुट्टै प्यानल निर्माण गरेका थिए । निर्वाचन समितिबाट प्राप्त नतिजाअनुसार दुवै प्यानलबाट मिश्रित ढङ्गले पदाधिकारी तथा सदस्य चयन भएका छन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा राम्रो छवि बनाएका श्रेष्ठले आगामी तीन वर्ष महासंघको नेतृत्व गर्नेछन् ।उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । श्रेष्ठको नेतृत्वमा साधारणसभा निर्वाचन प्रक्रियाबाट विजयी भएर आएका उपाध्यक्षहरू र कार्यकारिणी सदस्यहरूको नयाँ टोली रहनेछ । नतिजा अनुसार वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् भने जिल्लारनगरतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्ये अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् । त्यस्तै, वस्तुगत समूहका दुई महिला सदस्यमध्ये सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् ।
जिल्ला,नगर खुल्लातर्फ सदस्यमा पोखराका छत्रधर आत्रेय,हिरा भट्टराई सहित अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु , सुदर्शन कार्की र गीता अमात्य निर्वाचित भएका छन् । अब वरिष्ठ उपाध्यक्ष पदमा भने नयाँ कार्यकारिणी समितिले चयन गर्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, वैशाख । युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन…






