लिटल फ्लावर विद्यालयमा नयाँ विद्यार्थीको स्वागतसहित विविध कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा शुक्रवार विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

विद्यालयमा शैक्षिक सत्र २०८३ मा विभिन्न कक्षामा भर्ना भएका विद्यार्र्थीहरुलाई एक कार्यक्रमका वीच स्वागत गरिएको छ । नवआगन्तुक विद्यार्र्थीहरुको स्वागत गर्दै प्रिन्सिपल विकल पौडेलले उज्वल भविष्यको कामनाका साथ विद्यालयलाई अझै प्रगतितर्फ बढाउने प्रयत्नमा आफूहरु रहेको वताए । शुक्रवार नै कक्षा १२ को बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्र्थीहरुको विदाई गर्दै कक्षा ११÷१२ संयोजक बिष्णुहरि पौडेलले समुज्जवल भावी जीवनको कामना गरेका थिए । विद्यालयको अर्को कार्यक्रम अन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्र्थीहरुलाई विभिन्न चार सदनमा विभाजन गरिएको थियो ।

शुक्रवार नै विश्व रेडक्रस दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । पुनर्गठित सर्कलको अध्यक्षमा एप्रिना तामाङ,उपाध्यक्ष मोनालिसा तामाङ्ग, सचिवमा रोहित सुनार, सह सचिव युनिसा पुरी र कोषाध्यक्षमा खुशी भण्डारी रहेका छन् ।यसै गरी सदस्यहरुमा एनी गुरुङ्ग,सुरवी गुरुङ्ग, स्नेहा क्षत्री रसिका गुरुङ्ग, आरुषी लामिछाने,केसाङ्ग लामा, अप्रिम राना र अभिमन्यु पौडेल रहेका छन् । शिक्षक नायकमा अञ्जना सुवेदी, सहनायकमा विद्यालयकी नर्स अमृता गुरुङ्ग रहेका छन् ।

कार्यक्रममा विद्यालय सञ्चालक रामप्रसाद अधिकारी, शैक्षिक विभागीय प्रमुख विचित्र न्यौपाने, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरुङ्ग, प्राथमिक तह इन्चार्ज हेमा पुन, पूर्व प्राथमिक इन्चार्ज कविता बराल, लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।