गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।
क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्।
त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।
त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन्।
प्रमुख अतिथि एन्फा कास्की तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्वारा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै गोपनीयताको शपथ तथा पदभार ग्रहण गराइएको छ।
निर्वाचन मण्डल र क्लबका निवर्तमान अध्यक्ष उमेश सिकेले उनीहरुको पद तथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गराएका हुन्।
कार्यक्रममा निवर्तमान सह–सचिव चेतनाथ चालिसेले सचिवको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष सिके, प्रमुख अतिथि शाक्य र सदस्य बिकी गुरुङले शुभकामना मन्तव्य राखे।
निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सह–सचिव चेतनाथ चालिसेले कार्यक्रम संचालन गरेका थिए।
वि.सं. २०५५ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा…






