पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालन


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ २

पोखरामा बजाज चेतक ईभीले आफ्नो सेवा विस्तार गर्दै नयाँ ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याएको छ। नयाँबजारस्थित उक्त शोरुम वैशाख ३१ गतेदेखि सञ्चालनमा आएको हो।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला सञ्चालनमा ल्याइएको यो केन्द्र राजधानीबाहिर प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव दिलाउने उद्देश्यसहित स्थापना गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा गोल्छा समूहका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको उक्त एक्सपेरियन्स जोनमा प्रविधि, सहजता र ग्राहक केन्द्रित सेवामा जोड दिइएको छ। त्यहाँ सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्श तथा चेतक ईभीसम्बन्धी सेवा सुविधा एउटै स्थानबाट उपलब्ध हुनेछन्।

शोरुममा डिजिटल प्रोडक्ट डिस्प्ले राखिएको छ भने प्रशिक्षित ईभी विज्ञमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरबारे परामर्श लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बोल्ड चेतक पोखराका सञ्चालक अघोषमान बुद्धाचार्यले पोखरामा चेतक एक्सपेरियन्स जोन सञ्चालनसँगै नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच विस्तार गर्न महत्वपूर्ण कदम चालिएको बताए। उनले चेतक ईभी परम्परा, नवप्रवर्तन र दैनिक प्रयोगको सहजताको संयोजन भएको उल्लेख गर्दै नयाँ केन्द्रमार्फत ग्राहकले अझ नजिकबाट सेवा अनुभव गर्न सक्ने विश्वास व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।