ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित वधाई ज्ञापन गरेको छ ।

माध्यमिक शिक्षा परीक्षामा उक्त विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नं ३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीलाई बधाई तथा खादा, अविर र मायाको चिनोले सम्मान गरे । उक्त अवसरमा अभिभावक तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट सफलताको सम्मान गर्दै खुशी साटासाट गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीहरूको उज्ज्वल उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गरे ।कार्यक्रममा बोल्दै वडा सदस्य शोभा विकले विद्यालयको रिजल्टले नै विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने बताउँदै आगामी दिनमा पनि उत्कृट रिजल्ट ल्याउनका लागि शुभकामना व्यक्त गरिन् ।

विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीक डिन टंकराज सुवेदी, कार्यक्रम संयोजक सूर्यमोहन खनाल, मिन्त्रबन्धु सुवेदी, झलक अर्याल र विद्यार्थी जेशिका गुरुङले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।