विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सदन विभाजन गरिएको छ ।
साप्ताहिक रुपमा हुने कार्यक्रममा विद्यार्थीको आर्कषण बढाउन र सदन मार्फत सहभागिता जनाउन सदन बिभाजन गरिएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख राजु बयलकोटीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको उपस्थितिमा गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न ४ वटा सदनमा विभाजन गरिएको छ । जसमा रातो सदनको क्याप्टेनमा अर्चना रत्न र बिनायक गिरी, निलो सदनमा सिमोन तामाङ र उपासना रेग्मी, हरियो सदनमा राहुल थापा मगर र मेहुली मन्ना, पहेँलो सदनको क्याप्टेनमा अंकिता पौडेल र असिम अधिकारी रहेका छन् ।त्यस्तै हेड ब्वाई÷हेड गर्लमा सफल घर्तीमगर र मन्जिसा भुजेल, डिसिप्लिन पर्फेक्टमा अनिला श्रेष्ठ र दिवस घिमिरे, कल्चरल पर्फेक्टमा एस्थर तामाङ र सोनाक्क्षी रसाइली, स्पोर्टस् पर्फेक्टमा दिप्सन बस्याल र बिनिसा तामाङ, स्कुल पर्फेक्टमा प्रिस्किला तामाङलाई जिम्मेवारी दिईएको छ ।
चारवटै सदनमा शिक्षक प्रतिनिधीलाई पनि सहभागि गराईएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरूलाई खेलकुद, सांस्कृतिक बौद्धिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन प्रेरित गरे । कार्यक्रमको संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक राजु बयलकोटीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा…






