पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र निर्माण भएका सबै संरचना हटाउन पुन सुचना जारी गरेको छ ।
महानगरले यसअघि गत बैशाख ४ गते ३५ दिने सुचना जारी गरि संरचना हटाउन निर्देशन दिएको थियो । आज एक सुचना जारी गरि खोला घरभित्रका स्थायी तथा अस्थायी संरचना जेठ ९ गते शनिबारभित्र हटाउन आग्रह गर्दै अटेर गरेमा महानगर स्वयंले हटाउने चेतावनी दिएको छ । सो संरचना हटाउँने क्रममा लाग्ने सम्पुर्ण खर्च सम्वन्धित व्यक्ति वा संस्थासँग असुल उपर गरिने समेत जनाएको छ ।फिर्के खोला पोखरा १८ को अँधेरी कुनादेखि वडा नं. २,४,५,७,८, १७ हुँदै ६ नम्बर वडाको गाईघाट पुगेर फेवातालमा जिसिएको छ । महानगरले यस अघि नै प्राविधिक टोली खटाएर स्थलगत रुपमा नाँपजाँच गरी पोलसमेत गाडी सकेको छ । त्यसभित्रका संरचना हटाउन महानगरले ताकेता गरेको हो ।
सो क्षेत्रका संरचना हटाउन गत २०८० साल कार्तिक १० गो नै महानगरले ३५ दिने सुचना जारी गरि प्रक्रिया अगाडी बढाएको थियो । त्यसबेला महानगरको कदम विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दायर समेत भएको थियो । अदालतले सो मुद्धामा सुनुवाई गर्दै उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरलाई संरचना हटाउन बाटो खुलेको थियो । यस्तै पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुमबासीलाई घर, टहरा छाड्न भन्दै निकालेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिन अब ३ दिन मात्र बाँकी छ ।
महानगरले पोखरामा बनेका अनधिकृत घर, टहरा हटाउन भन्दै ३५ दिने सूचना निकालेको थियो । सो सूचनाको म्याद यहि जेठ ८ गते सकिदैछ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि…






