फेवातालमा डुबेर काहुँखोलाका एक युवकको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित




पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको गोताखोरसहितको टोली परिचालित भएको थियो ।सशस्त्रको टोलीले रातभर खोजी कार्य जारी राखेको सो क्रममा आज बिहान गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।