यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका युवाको भिरबाट लडेर मृत्यु


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८३ मा प्रकाशित




यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ ।

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।

“आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भने , “तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।