पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्डभित्र बनेका अवैधानिक संरचना हटाउने महाअभियान आज बिहान १० बजेदेखि सुरु गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यद्वारा जारी सूचनाअनुसार अभियानका लागि महानगरलाई तीन केन्द्रमा विभाजन गरिएको छ । सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
अभियानअन्तर्गत अधेरीकुना केन्द्र (बिन्ध्यवासिनीभन्दा पश्चिम) मा वडा नं. १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० लाई समेटिएको छ । यस केन्द्रमा आर्थिक विकास महाशाखा, राजस्व महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र र नापी शाखा परिचालन गरिने जनाइएको छ ।
त्यसैगरी बुढानीलकण्ठ मन्दिर (फिर्के पुल) केन्द्रअन्तर्गत वडा नं. ४, ५, ९, १०, ११, १२, १३, २६, २८, ३१ र ३३ समावेश गरिएको छ । यहाँ पूर्वाधार महाशाखा, शिक्षा महाशाखा, वित्त महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र, सिसुवा अस्पताल, कानुन शाखा तथा नापी शाखा परिचालन हुनेछन् ।
जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक समिति अगाडि) अन्तर्गत वडा नं. ६, ७, ८, १४, १५, १७, २१, २२, २३, २७, २९ र ३२ लाई राखिएको छ । यस केन्द्रमा सामाजिक विकास महाशाखा, सहरी विकास महाशाखा, गण्डकी बहुप्राविधिक, स्वास्थ्य प्रवर्द्धन केन्द्र, नापी शाखा, विपद् शाखा तथा सहकारी शाखा परिचालन गरिने भएको छ ।
फिर्के खोलाको मापदण्ड अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई समयमै उपस्थित हुन महानगरले आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






