सन्देश श्रेष्ठ
पोखरा, जेठ ११
पोखराको सेती नदी खोंचमा हामफालेका एक युवकको मृत्यु भएको छ । पोखरा–१७ महतगौंडास्थित सेती खोंचमा हामफालेर बेपत्ता भएका भारत, सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको हो ।
महतो आईतबार बेलुका सेती खोंचमा हामफालेर बेपत्ता भएका थिए । राती पौने १० बजे सेती खोंचमा हामफालेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, २४ नम्बर कालिका गणका सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वको १८ जनाको उद्धार टोलीले उसको खोजी थालेको थियो ।
राती अबेरसम्म पनि महतोको शव नभेटिएपछि टोली फर्किएको थियो । विहान सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पुनः खोजी गर्ने कार्य जारी राखेको थियो । सो क्रममा विहान पौने १० बजेको समयमा शव फेला पारेको गणले पठाएको प्रेस नोटमा उल्लेख छ ।
सेतीको करीब २५० फिट गहिरो खोंचमा फेला परेको शवलाई रोप रेस्क्यू विधिको प्रयोग गरेर बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।
मृतक महतोको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
सेतीमा तारजाली नहुँदा हरेक वर्ष यस्ता घटना दोहोरिने गरेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन्…







