सेती खोचमा खसेका भारतीय युवकको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८३ मा प्रकाशित




पोखरा १७ स्थित सेती नदीको खोचमा हाम फालेका भारतीय युवकको मृत्यु भएको छ ।

भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको मृत्यु भएको हो । आइतबार राति पौने १० बजेको समयमा सेती नदीको खोचमा हाम फालेका महतोको शव आज बिहान सशस्त्र प्रहरीको टोलीले निकालेको छ । उनी बेपत्ता भएको खबर पाउना साथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खट्टिएको टोलीले रातभर खोजी गर्दा पनि फेला नपरेपछि टोली फर्किएको थियो।बिहान पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा खट्टिएको ११ जनाको विशेष विपद् व्यवस्थापन टोलीले बिहान पौने १० बजे अन्दाजी २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

महतोको शव नेपाल प्रहरीलाई बुझाएपछि अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।