महिलाको आय आर्जनलाई सघाउ पुर्याउने उद्धेश्यले पोखरा १६ का महिलालाई अचार तथा सेलरोटी बनाउने तालिम दिईएको छ ।
बाटुलेचौरमा रहेको नमुना बहुद्देशीय सामुदायिक अध्ययन केन्द्रले त्यस क्षेत्रका बेरोजगार महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन एक दिने सो सीपमूलक तालिम आयोजना गरिएको सचिव गीता पौडेलले जानकारी दिईन् । स्थानीय ५० जना महिलाहरूको सहभागिता रहेको तालिममा कमला श्रेष्ठ र ऋतु बानियाँले प्रशिक्षण दिएका थिए ।उनीहरुले सहभागिलाई व्यवहारिक अभ्याससहित मासु र आँपको अचार तथा सेलरोटी बनाउने तरिका सिकाएका थिए । यसअघि तालिमको शुभारम्भ गर्दै केन्द्रका सल्लाहकार समेत रहेका हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपुर्ण हुने बताए ।
उनले सीप र मेहनत भए घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्दै, सिकेको ज्ञानलाई व्यवसायिक रूपमा अघि बढाउन सुझाव दिए । अर्का सल्लाहकार माधव शर्माले सीपमूलक तालिमले सबैलाई स्वरोजगारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । केन्द्रकी अध्यक्ष भगवती भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष कमला शर्मा,प्रशिक्षक कमला श्रेष्ठ,उपाध्यक्ष ज्योति बस्नेतलगायतले यस्ता तालिमले महिलाको ज्ञान र सीपलाई थप प्रभावकारी बनाउने बताए ।
पोखरा महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम उद्घाटन तथा समापन कार्यक्रमको संचालन केन्द्रका सचिव गीता पौडेलले गरेकी थिईन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन्…







