पोखराका किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा दिईने


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म मागकर्ता कृषकको नाम सङ्कलन गरिने महानगरले जनाएको छ । मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । “बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ”, उनले भने, “तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपु¥याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ ।”

पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पु¥याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिए । पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।