पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा आयोजित दुई दिने अन्तर सदनात्मक बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा गठित जुनियर युवा रेडक्रस सर्कलको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ पहेँलो सदन र छात्रातर्फ निलो सदन प्रथम भएका छन् । चार वटा सदनका विद्यार्थीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा हरियो सदन र रातो सदन द्वितीयभए ।विजेता टोलीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै, यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने उल्लेख गरे ।
विद्यार्थीहरूबीच खेलकुदको विकास, अनुशासन, सहकार्य तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सर्कलका अध्यक्ष मन्जिसा भुजेलले जानकारी दिईन् । प्रतिस्पर्धात्मक खेलमा सबै सदनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जुनियर रेडक्रस सर्कलकी अध्यक्ष भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव उपासना रेग्मीले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







