जनप्रेमी आधारभूतको ७१ औं वार्षिकोत्सव सम्पन्न, शिक्षक अभिभावक सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८३ मा प्रकाशित




अन्नपूर्ण गाउँपालिका १०, किम्चेस्थित जनप्रेमी आधारभूत विद्यालयले आर्थिक सहयोग गर्ने शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालयको ७१औं वार्षिकोत्सवका अवसरमा विद्यालयमा आर्थिक सहयोग गर्ने शिक्षक शुभेछा आचार्य र सृजना सुवेदी पौडेलसहित वर्ष शिक्षकका रुपमा प्रधानाध्यापक बैकुण्ठ दाहाल र अभिभावक तारा घले लाई सम्मान गरेको हो । उनीहरुलाई वडाध्यक्ष गौतम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्ब घलेले सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरे । यस अघि कार्यक्रमको ण्द्घाटन गदैृ वडाध्यक्ष गुरुङले गाउँपालिकाले शिक्षा सुधारलाई पहिलो प्राथामिकतामा राखेको बताउँदै, कम्तीका ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने नीति लिइएको जानकारी दिए ।

विद्यालयका अध्यक्ष घलेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समिति क्रियाशिल रहेको बताउँदै, त्यसमा सुझाव दिन अभिभावक तथा विद्यार्थीमा अनुरोध गरे । प्रअ बैकुण्ठ दाहालले सबैको सहयोग सद्भावबाट विद्यालय सञ्चालन भइरहेको जनाउँदै अभिभावकले चासो राख्ने विद्यालय मात्रै सफल बन्ने स्पष्ट पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मनिषा घमाल, खिम नेपाली ,अक्षयकोष दाता तेजमान गुरुङ, पुर्व अध्यक्ष मन्तोष घले, शिक्षक शुभेच्छा आचार्य र विद्यार्थी सुभाष गुरुङले बोलेका थिए ।

बिभिन्न शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार समेत वितरण गरिएको कार्यक्रमको संचालन शिक्षक बाबुराम सापकोटा ले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।