मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो ।प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप अधिकारी, सागर क्षेत्री, आचल थापा मगर, रिया मगर, पुनम गुरुङ, बाल कलाकार आगमन सुनार तथा लभलेस क्षेत्री लगायत कलाकारहरूको अभिनय रहेको छ ।
कलाकारहरूको जीवन्त अभिनय र मौलिक प्रस्तुतिले भिडियोलाई थप आकर्षक बनाएको भिडियो निर्देशक अनुप अधिकारीले बताए ।गीतको भिडियो सार्वजानिक गर्दै कार्यक्रमका प्रमुख अतिथि उदयपुर कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले गीत तथा भिडियोको प्रशंसा गर्दै नेपाली मौलिक कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने यस्ता सिर्जनाले सफलता पाउने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा लाग्न यस्ता कामले प्रेरणा दिने बताए ।कार्यक्रममा बोल्दै गीतका सर्जक समीर रामदामले गीत निर्माणदेखि सार्वजनिकसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । उनले नेपाली मौलिक संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त गीत तयार गरिएको बताए ।
कलाकार सिम्रन बुनुले आफ्नो सांगीतिक तथा अभिनय यात्राका संघर्षका अनुभव सुनाउँदै भावुक बनिन् । उनले निरन्तरको मेहनत र दर्शकको मायाले आफूलाई अगाडी बढ्न प्रेरणा मिलेको सुनाइन् । “फुल रसैको” म्युजिक भिडियो सिम्रन बुनुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १३ पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बुधबारसम्म…







