विन्ध्येश्वरी आदर्शमा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित




पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ ।

चार वटा सदनमा आवद्ध प्राथमिक तह कक्षा ३ देखि ५ सम्मका विद्यार्थी सहभागि प्रतियोगितामा रातो सदनका अङ्कित मन्ना, अनुष्का अधिकारी, एञ्जिला थापा र बिटोञ्जन मल्लको समूह प्रथम भएको छ भने पहेँलो सदनका सौगात हमाल, साइशा तामाङ, बिनिशा गिरी र सुगम पौडेलको समूह द्वितीय भएको शिक्षिका शान्ति रानाले जानकारी दिईन् । विजयी विद्याथीृलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरूमा सानै तहदेखि नेपाली भाषाप्रति मोह बढाउन र भाषिक शुद्धताका लागि शब्द खेल आयोजना गरिएको बताए ।

प्राचार्य श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली शिक्षिकाद्वय माया क्षेत्री र शर्मिला शर्माले विद्यार्थीको मुल्यांकन गरेका थिए । शिक्षिका शान्ति राना, सिर्जना आचार्यको सहयोगमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका शर्मिला शर्माले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।