तनहुँ उवासंघका भ्रमण टोलीलाई लेखनाथमा स्वागत


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित




लेखनाथ उद्योग वाणिज्य संघले भ्रमणका लागि आएको तनहुँ उद्योग बाणिज्य संघको टोलिलाई विहिवार स्वागतसहित छलफल र अन्र्तकृया गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ विचको निकट सम्बन्धलाई थप मजबुत बनाउदैं व्यवसायीका अनुभव आदान प्रदान गर्न कार्यक्रम हायोजना गरिएको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताईन् । सोहि अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघको हाल सम्पन्न ६० ओैं वार्षिक साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भौगोलिक तर्फ केन्द्रिय सदस्य निर्वाचित भएका तनहु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बधाई तथा सम्मान गरिएको छ ।

कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष ईमकुमार मल्लले संस्थाका गतिविधिहरु, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र संघबाट हुने कार्यक्रमका वारेमा चर्चा गर्दै नेपाल उद्योग वाणिज्य महासंघमा गण्डकीबाट उल्लेख्य प्रतिनिधि रहेको र यस व्यवसायीक समस्याहरु संबोधन हुनेमा विश्वस्त रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यद्धय छत्रधर आत्रेय र पविन्द्रकुमार श्रेष्ठले आफूहरु केन्द्रिय सदस्य हुदैगर्दा हरेक उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीहरुका समस्याहरुलाई महासंघमा लैजाने र राज्यसँग पहल गर्ने प्रतिबद्धता जनाए । लेखनाथ उ.वा.संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी लगायतले दुई संघ विचका पुराना दिन स्मरण गर्नुहुदैं दुवै संघ विचको सहकार्यलाई मजबुद बनाउनुपर्ने धारणा राखे ।

दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला र संचालन संघका महासचिव भरतराज ओझाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।