पोखरामा आयोजना भएको धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख भन्दा बढी रकम वचत भएको छ ।
तमु (गुरुङ) कलाकार संघ गण्डकीले गत फागुन ८ गते पोखरामा आयोजना गरेको उक्त कार्यक्रममा ५६ लाख २४ हजार ४ सय ५८ रुपैंया संकलन भएकोमा खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैंया वचत भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । गुरुङ गीत संगीतका नायक, अग्रज कलाकार धनबहादुर गुरुङको सम्मानमा आयोजित साँझमा करिब २१ लाख खर्च भएको कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए । वचत रकम कल्याणकारी कोषमा राखिने र तमु कलाकारको हित र प्रतिभा प्रस्फुटनमा खर्च गरिने उनले बताए । संघका अध्यक्ष विक्रम गुरुङले अग्रज कलाकार गुरुङको सम्मान स्वरुप कार्यक्रम गर्न पाउँदा गौरव लागेको बताउँदै, अन्य कलाकारलाई पनि यसरी नै संघले सम्मान गर्ने बताए ।
उनले जेनजी आन्दोलनका कारण पहिल्यैको मितिमा घोषणा गरिएको कार्यक्रम स्थगीत गर्नुपरेको र पछि भएपनि कार्यक्रममा सबैको साथ पाएको भन्दै खुशी व्यक्त गरे । संघका महासचिव नेत्र गुरुङले ३ सय बढी संघ संस्थाको साथले कार्यक्रम सफल भएको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति आभार प्रकट समेत गरेका छन् । अग्रज कलाकार धनबहादुर गुरुङले आफ्नो सम्मान स्वरुप संघले कार्यक्रम गरेर योगदानको चर्चा गरिदिएकोमा खुशी व्यक्त गर्दै कल्याणकारी कोष मार्फत आपत विपतमा परेका कलाकारलाई सहयोग गर्न सुझाव दिए ।
कार्यक्रममा संघकी कोषाध्यक्ष सविना गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन महासचिव नेत्र गुरुङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


निर्वाचन व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक…







