पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल पी देवकोटा र बालोदय बोर्डिङ स्कुल भिड्ने


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८३ मा प्रकाशित




पाँचौँ अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल।पी। देवकोटा मेमोरियल बोर्डिङ स्कुल र बालोदय बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार सम्पन्न सेमिफाइनल खेलहरूबाट दुवै टोलीले जित हासिल गरी फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेका हुन् ।शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलले र ढुङ्गेसाँघु बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गर्दा दोश्रो खेलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० ले पराजित गरेको हो ।एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुल र ढुङ्गेसाँघु बोर्डिङ स्कुलबीचको खेल निर्धारित समय ३०÷३० मिनेटमा दुबै तर्फ गोलरहित बराबरीमा टुंगिएको थियो भने टाईब्रेकरमा दुबै तर्फ ४—४ गोल भए पछि खेल निर्णायकको अन्तिम विकल्प सडेन डेथमा पुगेको हो ।

पेनाल्टी सुटआउट पछि पहिलो सडेन डेथमा दुबै तर्फ एक÷एक गोल भयो भने दोश्रो सडेन डेथमा ढुङ्गेसाँघु बोर्डिङ स्कुलका रुस्तम घोतामेले पेनाल्टीमा गोल गर्न चुकेसंगै बालोदयका सुविन सारु मगरले पेनाल्टी सुटमा गोल गरी फाइनलमा यात्रा पक्का गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एलपी देवकोटाका गोलरक्षक बिराज घिमिरे म्यान अफ द म्याच घोषित भए ।यस्तै दोस्रो सेमिफाइनलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । बालोदयको जितमा प्रभावशाली प्रदर्शन गरेका निसान भुजेल म्यान अफ द म्याच घोषित भए । खेलको १६ र २१ औं मिनेटमा भुजेलले गोल गरेको प्रतियोगिताका म्याच कमिस्नर गोपाल थापाले बताए । भुजेलले प्रतियोगितामा ८ गोल गरे ।

ड्यामसाइड क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ सामुदायिक तथा निजी विद्यालयहरूको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास रानाभाटले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण ९ड्यामसाइड० को खेल मैदानमा यही जेठ १२ गतेदेखि प्रतियोगिता जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।