कास्की जिल्ला शारीरिक सुगठन संघले एक लाख रुपैयाँ नगद पुरस्कार राशीसहित ‘प्रथम मिस्टर कास्की एण्ड वुमेन्स वेलनेस तथा मेन्स फिजिक प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
संघका अध्यक्ष लेखबहादुर गुरुङका अनुसार प्रतियोगिता आगामी भदौ १३ गते पोखरामा आयोजना हुनेछ । प्रतियोगिताको तयारीका लागि खेलाडीहरूलाई करिब तीन महिनाको समय आवश्यक पर्ने भएकाले मिति अगावै सार्वजनिक गरिएको उनले बताए ।जिल्लाभित्र शारीरिक सुगठन खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा ‘मिस्टर कास्की’ उपाधिसहित पुरुष तथा महिलातर्फ वुमेन्स वेलनेस र मेन्स फिजिक विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा संघका सचिव निज तिवारीले जानकारी दिए ।त्यस्तै, मेन्स फिजिकतर्फ १७० सेन्टिमिटरभन्दा मुनि र माथिका दुई समूहमा प्रतिस्पर्धा हुनेछ । यस विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुला वुमेन्स वेलनेसतर्फ पनि विजेताहरूलाई सोही रकमको पुरस्कार प्रदान गरिनेछ ।
संघले प्रतियोगिताको तयारीलाई तीव्र बनाउँदै पोखरामा सञ्चालनमा रहेका ६२ भन्दा बढी जिमहरूलाई खेलाडी उत्पादन तथा सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितामा १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ भने आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हालै गठन भएको कास्की जिल्ला शारीरिक सुगठन संघलाई सहयोग गर्न आग्रह गर्दै अध्यक्ष गुरुङले यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन…







