पोखरा महानगरपालिका वडा नं. १ ले आयोजना गरेको विविध खेलकुद कार्यक्रममा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ ।
वडाको खेलकुद विकास समितिद्धारा आयोजित तेस्रो वडा स्तरीय छात्र÷छात्रा फुटबल, भलिबल तथा बास्केटबल रनिङ शिल्ड प्रतियोगितामा बास्केटबल छात्र तथा छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको हो । गत वर्ष पनि च्याम्पियन बनेको विन्ध्येश्वरीले लगातार दोस्रो पटक पनि रनिङ शिल्ड हात पारेको विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । खेलकुद कार्यक्रम ३ दिनसम्म पृथ्वीनारायण क्याम्पसको अन्नपुर्ण रंगशालामा संचालन भएको थियो । प्रतियोगितामा त्यस क्षेत्रका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
सो कार्यक्रममा विन्ध्येश्वरी आदर्शकी छात्रा खुश्बु सापकोटा छात्रातर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिईन् भने छात्रतर्फ भरत श्रीपाली उत्कृष्ट खेलाडी बनेका थिए । वडा स्तरमा आयोजित खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेका खेलाडी तथा खेलकुद प्रशिक्षकलाई विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्राचार्य श्रेष्ठले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने र सफलता पाउनका लागि शुरुदेखि नै तयारी गरेर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख तथा खेल प्रशिक्षक राजु बयलकोटीलाई पनि खादा तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
त्यस्तै सेकद्धारा आयोजित आधारभूत तहको नेपाली शब्दखेल प्रतियोगितामा पनि विद्यालयले प्रथम स्थान हासिल गरेको थियो । शिक्षिका शर्मिला शर्मा लगायत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल…







