कास्की प्रहरीमा एक महिनाको अवधिमा २ सय भन्दा बढी मुद्धा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी जेठ महिनामा मात्रै बिभिन्न प्रकारका २ सय ६ वटा मुद्धा दर्ता भएको जानकारी दिएको छ । जसमा सबैभन्दा बढी वैंकिङ कसुरका ६६ वटा मुद्धा परेको सुचना अधिकारी विरेन्द्र पासवानले जानकारी दिए । अभद्र व्यवहारका ४०, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभका २० र लागु औषधका १४ वटा छन् । लागु औषधका मात्रै २ महिलासहित २० जना पक्राउ परेका छन् ।
जेठ महिनामै ६५जना फरार प्रतिवादी पक्राउ परेको सुचना अधिकारी पासवानले जानकारी दिए । पक्राउ परेका ३४ पुरुष र ३१ महिलाबाट ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना गरिएको छ । पक्राउ पर्नेमा अधिकांश चेक अनादार र चोरी मुद्धाका छन् । त्यस्तै प्रहरीले गत बैशाख २९ गते र जेठ १० गते युगाण्डाका ५ जना नागरिकलाई लेकसाईडबाट पक्राउ गरेको जनाएको छ । एक महिनाको अवधिमा सुनका गरगहना चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । पोखराका बिभिन्न स्थानमा फुटपाथमा सवारी पार्किङ गरी राख्ने १ हजार ६० सवारीलाई पनि कारवाही गरिएको जनाईएको छ ।
प्रहरीका अनुसार अवैध रुपमा प्राकृतिक श्रोत उत्खनन गर्ने १४ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारवार्हीका लागि सम्बन्धित स्थानीय तहमा पठाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







