विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०८३ मा प्रकाशित




पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभुत तहमा अध्ययनरत विद्यार्थी सहभागि भएको प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ८ की छात्रा सृष्टिका कोइराला, कक्षा ७ का छात्रछात्राद्वय साधना गिरी र बसन्त न्यौपाने र कक्षा ६ की छात्रा दिया क्षेत्री प्रथम र रातो सदनबाट कक्षा ८ का छात्र आदित्य लम्साल, कक्षा ७ का छात्राहरु रुपा ठकुरी र अदिती तिमिल्सिना र कक्षा ६ का छात्र सखिम बास्तोला प्रथम भएका छन् । विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले विद्यार्थीहरुमा पढाई र खेलकुदमा लगाव बढाउन यस्ता कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा हिज्जेकर्ता अङ्ग्रेजी शिक्षक विपीन गौतम , सहयोगी अनिता थापा र समय व्यवस्थापन योगेश कार्कीले गरेका थिए । विद्यालय संयोजक माया क्षेत्रीले स्कोरर गरेकी कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।