आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ ।
समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरिन् । सहयोग प्रदान गर्दै अध्यक्ष लामिछानेले मानिस शारीरिक रुपबाट मात्र नभइ मानसिक रूपमा पनि खुसी रहन यस्तो कार्यक्रमबाट मद्दत पुग्ने बताईन् । उनले आफ्नो समूहले विगतका वर्षहरूमा पनि उक्त धामका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता प्रदान गरिने बताईन् ।
सहयोग रकम बुझ्दै धामका प्रमुख विष्णु वशिष्ठले समूहको यो सहयोग आफ्नो संस्थाको लागि महत्त्वपूर्ण सहयोग भएको औल्याए । अन्य संस्थाबाट पनि यस किसिमको सहयोग प्राप्त भए त्यहाँ आश्रित बालबालिका साथै धामलाई पनि सहज हुने उनको भनाइ थियो । समितिका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले आश्रय अभियान मार्फत सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोग कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बारे जानकारी दिए ।
आयोजक समितिका सचिव कृष्णप्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा धाममा रहेका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको…







