मन्टेश्वरी एसोसियसन कास्कीले ११ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
दिवसका अवसर पारेर शनिबार पोखरामा आयोजित कार्यक्रममा एसोसियसनले मन्टेश्वरी विद्यालयमा कार्यरत ४८ जना कर्मचारीलाई सम्मान गरेको हो ।नन टिचिङ तर्फका कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको एसोसियसनका कोषाध्यक्ष थिरबहादुर थापाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि कवि एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ र एसोसियसनका अध्यक्ष रिता पौडेलले सम्मानपत्र, सल र मायाको चिनोसहित सम्मान गरे । कार्यक्रममा बोल्दै कवि श्रेष्ठले ससाना बालबालिकाको सुनौलो भविष्यको शैक्षिक आधार नै मन्टेश्वरी भएको बताए । उनले यस किसिमको शिक्षाले विद्यार्थीमा सानै देखि आदर भावयुक्त शिक्षा ग्रहणको चाहानालाई प्रतिविम्वित गरेको बताए ।
पोखरा महानगर शिक्षा महाशाखाका बरिष्ठ अधिकृत कृष्ण भण्डारीले कास्कीमा रहेका मन्टेश्वरीले बालबालिकाको शिक्षाप्रतिको लगावलाई बढाउने कार्य गरेको बताए । एसोसियसनका संस्थापक अध्यक्ष अरुणा शेरचनले स्थापनाकालिन समयको स्मरण गर्दै, नैतिक शिक्षाका सवालमा थप जिम्मेवार बन्नुपर्नेमा जोड दिईन् । एसोसियसन कास्कीका अध्यक्ष रिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी,बाल प्रभात स्कुलका प्रिन्सिपल डिल्लीराम अर्याललगायतले बालबालिकाको शैक्षिक वृद्धिमा मन्टेश्वरी विद्यालयको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रम संयोजक मोहन त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अप्सरा अधिकारीले गरेकी थिईन् । २०७२ सालमा स्थापना भएको एसोसियसनमा ५८ वटा विद्यालय आवद्ध रहेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको…







